काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् । उनी रास्वपा परित्याग गरेसँगै कांग्रेस फर्किएका हुन् ।
रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् ।
पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा कांग्रेस प्रवेश गराएका छन् । कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको समाजिक सञ्जाल मार्फत घोषणा गरेका छन् । ‘


