काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानले दिएका अधिकारहरु जोगाउने हो भने कांग्रेसलाई भोट हाल्नुपर्ने बताएका छन् ।
चुनावी अभियानकै क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर नसकिने बताएका हुन् ।
‘यो निर्वाचनको परिणामबाट प्राप्त गर्ने शक्तिको आधारमा संविधान पनि जोगाउनुछ, व्यवस्था पनि जोगाउनुछ, देश पनि जोगाउनुछ,’ उनले भने, ‘संविधानले दिएको अधिकारहरु जोगाउन कांग्रेस बाहेकक आजको मितिमा अरु कुनैपनि पार्टीले सक्दैनन् ।’
बदलिएको कांग्रेसले गरेको संकल्पलाई जनताले विश्वास गर्ने पनि उनले बताए


