काठमाडौं । कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको हो ।
कतारको दोहास्थित नेपाली राजदूतावासले शनिबार विशेष अनुरोध जारी गर्दैकतारमा रहेका वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपाली नागरिकले साउदी अरबका विमानस्थल हुँदै घर फर्किने व्यवस्था गरिएको जनाइएको छ।
यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्न राजदूतावासले अनुरोध गरेको छ।


