काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् ।
उनी स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएको स्रोतले जानकारी दिएको छ । बजगाईं यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा थिए ।


