काठमाडौं । आज पनि देशका केही स्थानमा वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


