काठमाडौं , नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । सभापति शेरबहादुर देउवानिकट नेताका अनुसार बैठक धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बताइएको छ ।
यसअघि कांग्रेस संस्थापन पक्षले पार्टी हितबिपरीत काम गरेको भन्दै खड्काको पार्टी सदस्यता नवीकरण नगर्ने चर्चा चलेको थियो । समानान्तर किसिमले पार्टी गतिविधिलाई हेर्दा पार्टी फुटको संघारमा पुगेको अनुमान गरिएको छ ।


