काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २४ गते भौतिक संरचनाभन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकतामा राखेको बयान दिएका छन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको समितिलाई दिएको बयानमा उनले भनेका छन्– मैले भौतिक संरचना भन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिएको छु । सेना परिचालनसम्बन्धी आलोचनालाई तत्कालीन संवैधानिक बाध्यता र परिस्थितिसापेक्ष मूल्यांकनका आधारमा हेर्नुपर्छ भन्ने मेरो धारणा छ । लुटिएका हतियार तथा फरार कैदी बन्दी फिर्ता ल्याउन संयुक्त अपरेशन सञ्चालन गरिएको, हतियार फिर्ता बुझाउन सार्वजनिक आग्रह गरिएको र समन्वयात्मक सुरक्षा संयन्त्र सक्रिय राखिएको थियो ।”
सिग्देलले राष्ट्रपति निवास, प्रधानमन्त्री निवासका मुख्य संरचना, त्रिभुवन विमानस्थल तथा देशभरका विमानस्थल, इन्धन डिपो, कारागारलगायतका भाइटल इन्स्टलेसनहरु नेपाली सेनाको पहलमा जोगाइएको हो ।”


