काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले देशव्यापी प्रदर्शन आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
वडा, पालिका, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए।


