काठमाडौं । प्रधानमन्त्रीका प्रमुख स्वकीय आदर्शकुमार श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत भएका छन् । श्रेष्ठलाई प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् ।
कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई मनोनीत गरेकी हुन् ।
उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् । आदर्शकुमार श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए । उनले प्रधानमन्त्रीको सचिवालयमा पत्नी र नातेदारलाई राखेका थिए ।


