काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
तर अब उनीहरुको म्याद नथप्न परमादेश जारी भएको छ । न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।
न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ ।


