काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अन्तिम समयसम्म लडिरहने बताएका छन् ।
कम्युनिस्ट पार्टी स्थापनाको ७७औँ दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तिम समयसम्म आफ्नो लडाइँ रहने बताएका हुन् ।
उनले भने, “लिडरसिपको नयाँ रुप र भूमिकाको खोजीमा छु म पनि । मलाई साथ चाहिएको छ । तर, अन्तिम समयसम्म लड्न चैँ छोड्दिन । लडाइँ फेरि फेला पार्या जस्तो लागेको छ ।”
उनले वामपन्थी र कम्युनिस्ट आन्दोलनको पुनर्गठनको विकल्प नभएको बताए। पार्टीमा तीन पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको लाइन रहेको बताए। उनले अहिले मन्त्री र प्रधानमन्त्री हुन नपरेपछि पार्टीलाई सच्याएर अगाडि बढाउने अवसर प्राप्त भएको बताए।


