काठमाडौं । सरकारले यात्रु तथा मालवाहक सवारी साधनको भाडा दर वृद्धि गरेको छ । सरकारले संघीय सडक (लामो दूरी) मा चल्ने यात्रु र मालवाहक सवारी साधनको भाडादर बढाएको हो ।
विभागले इन्धनको मूल्य र अन्य १३ वटा सूचकहरुलाई आधार मानी वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा नयाँ भाडादर लागू गरेको हो ।
विभागले निकालेको सूचना अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।











