काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार पाँच दिनको म्याद थपेको हो। यसअघि अदालतले एकपटक पाँच दिन र अर्कोपटक दुई दिनको म्याद थप गरेको थियो। ओली र लेखक दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।


