काठमाडौं । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
बैठकमा बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिबारे मुख्य रूपमा छलफल हुने बताइएको छ । थापाको उक्त भाषणपछि एमालेभित्र ठूलो तरंग पैदा भएको छ ।
पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले थापाको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको भन्दै सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने जानकारी दिएका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रतिनिधि सभामा संसदीय दलका नेताको हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेका थिए ।


