काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जननिर्वाचित संसद्मा प्रधानमन्त्री बोल्न आवश्यक नठान्नु स्वेच्छाचारी शासनको संकेत भएको टिप्पणी गरेका छन् ।
शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसद्ले बनाएको प्रधानमन्त्रीले संसद्मा केही नबोलेका कारण प्रश्नहरू उठिरहेको समेत बताए ।
त्यस्तै महासचिव पोखरेलले एमाले र एमाले नेतृत्व भ्रष्टाचारमा डुबेको भाष्य निर्माण गर्ने काम भएको बताए ।


