काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत देशभरका विमानस्थलहरूको यात्रु सेवा, सरसफाई तथा मानवमैत्री पूर्वाधारमा आवश्यक सुधारका कार्यहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै देशभरका विमानस्थलहरुमा सेवाको गुणस्तर सुधार गर्न २४ घण्टाभित्र कार्यान्वयन गर्न निर्देशन दिएको दिएको हो ।
मन्त्रालयले देशभरका विमानस्थलहरूमा यात्रुबाट प्राप्त गुनासा तथा सुझावका आधारमा सेवा, सरसफाइ र मानवमैत्री पूर्वाधारमा तत्काल सुधार आवश्यक रहेको जनाएको छ।


