काठमाडौं । विशेष अदालतले बहुचर्चित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत ९३ जनाविरुद्धको मुद्दामा .बहस नोट पेश गर्न आदेश दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दाको बहस नोट पेश गर्न भनेको हो।
उक्त जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दर्ता गरेको थियो।
अख्तियारले प्रतिवादीबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना गर्न र सजाय मागदाबी गरेको छ। २०६६ फागुन ६ गते बसेको नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको अख्तियारको आरोप छ।


