काठमाडौं । वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद बैठक स्थगित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसमा बैठक स्थगित गरेका हुन्।
सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा राष्ट्रपतिले आज अधिवेशन स्थगित गरेका हुन् ।


