काठमाडौ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्ट लामो समयसम्म नेपाल राष्ट्र बैंकमा कार्यरत रहेर कार्यकारी निर्देशक पदबाट रिटायर्ड भएका थिए ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको प्रमुखका रूपमा पनि काम गरेका उनले बैंक नियमन बिभाग, सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख भएर काम गरेका थिए । उनले लामो समय बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हाले ।


