काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता गर्ने भएका छन् ।
भेटवार्ता मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले जानकारी दिए ।
यस अघिका प्रधानमन्त्रीले राजदूतहरूलाई एक्लाएक्लै भेट्दै आएको प्रचलन तोड्दै प्रधानमन्त्री बालेनले आज झन्डै २० देशका राजदूतलाई सामूहिक रूपमा भेट्न लागेका हुन्।


