काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा ओपीडी ९बहिरङ्ग० सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र जनशक्ति हेरेर आइतबार ओपिडी सेवा उपलब्ध गराउनुपर्नेछ। आइतबार सेवा प्रवाह गर्दा खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।
यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयहरूलाई आवश्यक समन्वय र व्यवस्था मिलाउन अनुरोध गरिएको छ।


