काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र आफू कुनै पनि गुट वा समूहमा नरहेको स्पष्ट पारेका छन्।
कोइरालाले विपी स्मृति सामुदायिक सहकारी अस्पतालको बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस विवादको बिषय अहिले अदालतमा रहेको भन्दै जस्तो फैसला आएपनि काँग्रेसलाई एक ठाउँमा ल्याउनको लागि अन्त्यसम्म पनि पहल गर्ने बताएका हुन् ।
कांग्रेसमा अहिले आफु कुनै पनि समूहमा नरहेको उनले बताए । उनले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने मात्रै आफ्नो इच्छा रहेको धारणा राखे ।
त्यस्तै नेता कोइरालाले गत निर्वाचनमा कांग्रेसको भोट स्वइङ भएका कारण संसदमा निकै कमजोर उपस्थिति हुन पुगेको उल्लेख गरे ।


