काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन भएको छ। महासंघको अध्यक्ष पदमा निकोलस पाण्डे निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित विजय हासिल गरेका हुन् भने लामाले ४१३ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्षमा रामजी पन्त विजयी भएका छन् भने महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् ।
पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याका लागि सरकारसँग बहस गर्ने र सार्वजनिक खरिद ऐन संशोधनका लागि पहल गर्ने बताएका छन् ।


