काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चारसय रुपैयाँ बढेको हो । महासंघले आज सुन प्रतितोला दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
त्यसैगरि आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८२० रुपैयाँ कायम भएको छ।


