काठमाडौं । आज संसदको पहिलो बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका छन्
पौडेलले सामाजिक सञ्जाल मार्फत यस्तो आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा.रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,’ उनले भनेका छन् ।
उनले थप भनेका छन्, ‘यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा ९एमाले० को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’ थापाले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका थिए । उनले जेनजी आन्दोलन र रास्वपामाथि कटाक्ष गरेका थिए ।


