काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिला नभई महाधिवेशनको तयारीमा लाग्न पूर्वसंस्थापन पक्षधरलाई आग्रह गरेका छन् । महामन्त्री पौडेलले आज दाङमा आयोजित एक कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
‘यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो,’ उनले भने,’ महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ । म साथीहरूलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गर्छु ।’


