काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि कडा रुपमा लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।
गृहमन्त्री गुरुङले (आइतबार) आज भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्री गुरुङले आज जिल्लाका विभिन्न ठाउँको निरीक्षण र अवलोकनसमेत गरे। उनले शनिबार राति नारायणगढ–मुग्लिन सडकखण्डका पहिरोग्रस्त क्षेत्र घोप्टेभिर, तुइन खोलालगायतको अवलोकन गर्दै वर्षायाममा समस्या नदोहोरिने गरी छिटो काम गर्न निर्देशन दिएका थिए।


