काठमाडौं । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरिएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वान गर्न सिफारिस गरेको थियो।
सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।


