काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज विराटनगरमा हुन लागेको निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
सभापति थापाले बिहान १०:३० बजेदेखि समीक्षा कार्यक्रम सुरु गर्ने तयारी गरिएको पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।
उनका अनुसार पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो । कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री संग्रौलाले जानकारी दिइन् ।


