काठमाडौं । आज देशका धेरै स्थानमा मौसम बदली हुने जल तथा मौसम विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशसहित गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ।


