काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ ।
सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।
गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो ।
एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी भण्डारीका गतिविधि अगाडि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए । भण्डारीको सदस्यता नवीकरण नगर्ने ओलीको निर्णयसँगै कतिपय नेताहरूले नेतृत्वको कार्यशैलीलाई लिएर विरोध जनाएका थिए


