काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–कांग्रेसले मिलेर प्रदेश सरकार बनाउन गरेको प्रस्तावलाई आफूले अस्वीकार गरेको दाबी गरेका छन्।
उनले आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै यस्तो खुलासा गरेका हुन् ।
‘प्रदेश सरकारहरू मिलेर बनाऊँ भनेर एमाले र कांग्रेसबाट विगतदेखि प्रस्ताव आएका थिए, अहिले पनि आउने गरेको छ’, प्रचण्डले भने, ‘तर, हाम्रो पार्टीले वा पार्टीको संयोजकको हैसियतले मैले त्यसलाई इन्कार गरेको छु। अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौँ।’


