काठमाडौं( राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । सरकारले उद्योगी–व्यवसायीलाई दुःख नदिने उनले स्पष्ट पारेका छन्।
आइतबार ललितपुरको हिमालय होटलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र सदस्यहरुसँग संवाद गर्दै लामिछाने लेयस्तो बताएका हुन् ।
लामिछानेले रास्वपाले बाचापत्रमार्फत प्रस्तुत गरेका प्रतिबद्धताअनुसार वास्तविक अर्थतन्त्रको विकासका लागि रोडम्याप तयार गरिएको जानकारी दिए।


