काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसअघि गरिएका प्रतिबद्धता पूरा नगरी बस्ती खाली गराएर सरकारले गरेको आरोप लगाएका छन् । सभापति थापाले आज काठमाडौं महानगरपालिका–८ ले आयोजना गरेको सम्मान कार्यक्रममा यस्तो बताएका हुन् ।
नागरिकले सरकारका निर्णयमाथि प्रश्न उठाए त्यसलाई बदल्ने कार्यलाई ठूलो ‘इगो’को विषय बनाउन नहुने उनले उल्लेख गरे । पशुपतिछेउछाउका बस्ती हटाउने विषयमा समेत सरकारले पुनर्विचार गर्नुपर्नेमा उनले जोड दिए ।
स्थानीय कला, संस्कृति र परम्पराको संवेदनशीलता नबुझीकन हठात्मा निर्णय लिइए त्यसको प्रभाव व्यक्तिलाई मात्र नभई जात्रा, पर्व, संस्कृति, परम्परा सबैमा पर्ने उनको भनाइ थियो ।


