काठमाडौं । क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गरेको हो ।
विवादास्पद परिस्थितिमा क्रोएसिया र पोर्चुगलबिचको खेल सकिएको छ। क्रोएसियालाई पराजित गरेको पोर्चुगल अब अन्तिम १६ मा आफ्नो कट्टर प्रतिद्वन्द्वी स्पेनसँग भिड्ने छ।
सुपर सब गोन्कालो रामोसले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा पोर्चुगल विजयी भएको हो।
निर्धारित समयमा १-१ गोलको बराबरीको अवस्थामा रामोसले दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा हेड मार्फत दोस्रो गोल गरेर पोर्चुगललाई जित दिलाएका हुन्।


