काठमाडौं। फिफा विश्वकप २०२६ मा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गरेको छ ।
फ्लोरियन बलुगनले खेलको ४४ औँ मिनेटमा गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि उनले ३१ औँ मिनेटमा पनि बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड संकेत गरेपछि गोलमा परिणत हुनसकेन । ७९ औँ मिनेटमा क्रिस्टिन पुलसिकको प्रहार गरेको बल पोस्टमा पसे पनि रेफ्रीले अफसाइड संकेत गरे ।
८१ औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै नतिजा २-० को स्थितिमा ल्याएका हुन्


