काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढी सुरु भएको छ ।
बाढी स्याप्रुबेसीसम्म आइपुगेको बाढी पूर्वामानुमान महाशाखाले जनाएको छ ।बाढीको प्रभाव त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म पर्न सक्ने भन्दै महाशाखाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली तथा भोटेकोशी नदीको तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको हो।


