काठमाडौं । नेपाली सेनाले बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि एक्स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार ती उपकरणहरूलाई त्यहाँ खण्ड(खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको छ।
बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी छ।
नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुनेछ।


