काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने भएको छ । महानगरपालिकाले जलन उपचारका लागि आवश्यक औजार, उपकरण र सेवाका लागि अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरेको जनाएको छ ।
जलन उपचारका लागि शुक्रबार काठमाडौँ महानगरपालिका र कीर्तिपुर अस्पताल ९जनस्वास्थ्य सरोकार ट्रस्ट०बीच सम्झौता भएको छ। महानगरको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रोहबरमा बसेका छन्।
त्यस्तै, अस्पतालका कार्यकारी अध्यक्ष डा. भरतकुमार प्रधानले महानगरले प्रदान गरेको सहयोग महत्त्वपूर्ण भएको बताए।


