काठमाडौँ। कालिकोटका तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिर बहादुर बमसहित १२ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियारले तत्कालीन जिल्ला समिति अध्यक्ष धिर बहादुर बमसहित सरकारी कर्मचारी, जनप्रतिनिधि र जग्गा लिनेरबेच्ने व्यक्तिहरूविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
समितिले स्थलगत निरीक्षण नगरी, न्यूनतम कानुनी विधि र प्रक्रिया मिचेर नगरपालिकाको सहरीरबजार क्षेत्रमा तोकिएको १३० वर्ग मिटरको सीमाभन्दा अत्यधिक बढी क्षेत्रफल जग्गा कृषि प्रयोजनका नाममा उपलब्ध गराएको पाइएको अख्तियारको भनाइ छ।
अख्तियारले मुख्य प्रतिवादीहरू तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग कालिकोटका अध्यक्ष धिर बहादुर बम, विज्ञ सदस्य रमेश नेपाली, सदस्य राजेन्द्र बहादुर थापा र मालपोत कार्यालय कालिकोटका तत्कालीन प्रमुख नेत्र बहादुर शाही विरुद्ध जनही रु। १ करोड ७६ लाख ८६ हजार ८०० बिगो, कैद र जरिवानाको मागदाबी गरेको छ।


