काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्यमा आज पजि गिरावट आएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो ।
यो गिरावटसँगै आज सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

