काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।
उनले पार्टीका तत्कालीन दुई कार्यभार र १५ कामलाई केन्द्रमा राखेर प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूले आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले बाँकी रहेका सङ्गठनात्मक काम तथा कार्य विभाजनसम्बन्धी आवश्यक निर्णय पार्टीको सचिवालय वा स्थायी कमिटीबाट गरिने जानकारी समेत गराएका छन् ।

