काठमाडौं । आज सेयर बजार परिसूचक (नेप्से) मा झिनो गिरावट आएको छ । शुक्रबार ७.३८ अंकले घटेर बन्द भएको छ ।
राताम्मे बनेको बजारमा लगानीकर्ताले तीन अर्ब ८८ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । खरिदभन्दा बिक्री चाप बढ्दा कारोबारमा आएका १८१ कम्पनीको सेयर मूल्य घटेको छ । ८९ कम्पनीको सेयर मूल्य बढेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
डोल्टी पावर कम्पनी ५.१४ प्रतिशतको वृद्धिसहित सबैभन्दा धेरै कमाउनेको सूचीमा अगाडि छ । घट्नेमा भने मुक्तिनाथ म्युचुअल फन्ड २ अगाडि छ । यसको मूल्यमा ८.५० प्रतिशतले गिरावट आएको हो ।

