काठमाडौँ । सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१र८२ मा सबैभन्दा बढी कर तिरेर राज्यको ढुकुटीमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानित हुनेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे।
बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ । वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएको छ ।
त्यसैगरी कृषि एवं पशुपक्षीजन्यमा ओसिबी एण्ड फुड्स फिड्स प्रालि रहेका छन् । यस्तै बैङ्किङ्ग क्षेत्रमा कारोबार गर्नेमा नबिल बैंक, स्वास्थ्य तथा शैक्षिकतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा सिजी इम्पेक्स प्रालि रहेको छ ।
यस्तै ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्नेमा फुड एण्ड विभरेज टेक्नोलोजी रहेको छ । ऊर्जा उधोगतर्फ भोटेको हाईड्रोपावर, रेमिटेन्स तथा मनी ट्रान्सफर तर्फ आईएमई लिमिटेड रहेको छ । यस्तै व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्नेमा राजबहादुर शाह रहेका छन्।
विसं २०७७ देखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर तिर्नेमा हिमालयन डिष्टिलरी लिमिटेड रहेको छ । ५० करोडसम्म वार्षिक कारोबार गर्ने करदातामा इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगहरूमध्ये वरुण विभरेज, जीवन बीमा क्षेत्रमा संस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेशन, निर्जीवनमा सिद्धार्थ प्रिमियर र लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त रहेको छ ।

