काठमाडौं । आज दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
विगत केही समयदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले साउन संसद अवरुद्ध गर्दै आएको छ ।
सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।
एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा अवरोध नहुने बताए ।


