काठमाडौं । तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा विरोध प्रदर्शन गरेको छ ।
कांग्रेस भ्रातृ संस्था तरुण दलले आज दिउँसो काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेको छ ।
आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


