काठमाडौं । आजदेखि डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आईएमईआई नम्बर दर्ता नभएका फोनहरु नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि यस्तो ब्यवस्था गरेको हो ।
भन्सार पास भएर आउने सबै फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउने व्यक्तिले बोक्ने र ल्याउने फोनको आईएमईआई नम्बर पनि निःशुल्क दर्ता गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।
यसबाहेक कालोबजारीबाट भित्रिएका फोनहरु मात्रै एमडीएमएसमा दर्ता नहुने भएको भन्दै प्राधिकरणले त्यस्ता फोनमाथि प्रतिबन्ध लगाउने भएको हो ।


