काठमाडौं । आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । उनी युरोप जाने पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर मंगलबार त्यता गएका हुन्।
उनले भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकामा भूकम्पबाट क्षति पुर्याएको संरचनाको अवलोकन पनि गरेका छन् । गत शुक्रबार गएको भुकम्पमा परेर जाजरकोट रुकुम पश्चिममा २०० जनाभन्दा धेरैको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए ।


