काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउने काम आफ्नो पार्टीलाई सह्य नहुने चेतावनी दिएका छन् ।
पूर्व प्रधानमन्त्री ओलीे शनिबार पार्टीको जनसंगठन संयन्त्रले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले दुर्गा प्रसाईँको नेतृत्वमा यही मङ्सिर ७ गते काठमाडौंमा हुन गइरहेको प्रदर्शनप्रति संकेत गर्दै लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेहरूलाई एमालेले तह लगाउने समेत बताए ।
उनले देशलाई अफ्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरूले पनि मङ्सिर ७ गते युवा÷विद्यार्थीको प्रदर्शन गर्न लागेको बताए । उनले सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा÷विद्यार्थीहरूलाई निर्देशन दिए ।


