काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
सोमबार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री १३३ रुपैयाँ ५४ पैसा कायम गरेको छ । भने एक युरोको खरिद दर १४५ रुपैयाँ २ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ ९२ पैसा कायम भएको छ।


